पूर्वमन्त्री आलमलाई सफाइ दिने दुई न्यायाधीशविरुद्ध छानबिन माग गर्दै न्यायपरिषदमा उजुरी

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमलाई व्यक्ति हत्याको सजायबाट सफाई दिने दुई न्यायाधीश बिरुद्ध छानबिन र कारबाहीको मागसहित उजुरी परेको छ ।

२०६४ सालमा रौतहटमा भएको बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको अभियोगमा जिल्ला अदालत रौतहटको फैसला उल्ट्याउने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलाशका दुई न्यायाधीशहरुले फैसला उल्ट्याएपछि उहाँहरुमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग सहित न्यायपरिषदमा उजुरी परेको हो ।

EPIC EPIC EPIC EPIC

गत बुधबार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशद्वय डा. खुसीप्रसाद थारू र अर्जुनमहर्जनले सो घटनाका दोषी आलम लगायतलाई सफाइ दिने फैसला गरेको थियो ।

सो फैसलाबिरुद्ध युवराज पौडेलले न्यायाधीशहरु डा.थारू र महर्जनमाथि छानबिन गर्नुपर्ने माग राखी न्याय परिषदमा निवेदन दिनुभएको हो ।

पाडेलले जिल्ला अदालतले औंल्याएका आधार एवं मिसिलमा संलग्न प्रमाणहरुको बेवास्ता गरी फैसला गरेको भन्दै जिल्ला अदालतको फैसला एवं उच्च अदालतबाट मिसिल मगाई अनुसन्धान र छानबिन गर्न माग गर्नुभएको छ ।

स्मरणीय छ, न्यायपरिषद ऐनमा कार्यक्षमताको अभाव वा खराब आचरण एवं आचारसंहिताको गम्भीर उल्लंघनको आरोपमा न्यायाधीशहरुमाथि छानबिन हुनसक्ने व्यवस्था छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *