पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिलाई स्वागत गर्दै राप्रपाद्वारा आन्दोलन आह्वान (वक्तव्यसहित)

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशलाई संकटमुक्त राख्न सबै नेपाली जनतालाई एकजुट भएर आन्दोलनमा अघि बढ्न आह्वान गरेको छ ।

EPIC

बुधबार पार्टीका महामन्त्री तथा राप्रपाको आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशम्शेर राणाले वक्तव्य जारी गर्दै देशमा विद्यमान विकराल अवस्था अन्त्य गर्न आन्दोलनका लागि आह्वान गरे ।

EPIC EPIC EPIC

उनले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहबाट राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धि र उन्नतिका लागि सबै नेपालीहरूलाई साथ दिन आह्वान भएको बताउँदै शाहको अभिव्यक्तिलाई स्वागत गरे ।

वक्तव्यमा उल्लेख छ, ‘यहीँ परिप्रेक्ष्यमा देशमा विद्यमान विकराल अवस्था अन्त्य गरेर देशलाई संकटमुक्त राख्न सम्पूर्ण राष्ट्रवादी प्रजातन्त्रवादी देशभक्त नेपालीलाई जनतालाई एकजुट भएर आन्दोलनमा अघि बढ्न अनुरोधका साथ आह्वान गर्छु ।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *