पूर्व नगर प्रमुख शिवाकोटीलाई २० लाख धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेश, पीडित पक्षको आपत्ति

झापा — घरेलु कामका लागि राखिएकी बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका विर्तामोडका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश दिएको छ।

उच्च अदालत विराटनगरको इलाम इजलासले बिहीबार २० लाख रुपैयाँ धरौटी लिएर शिवाकोटीलाई छाड्न आदेश दिएको हो। न्यायाधीश किरणकुमार पोखरेल र रेखा पाण्डे थापाको संयुक्त इजलासले सो आदेश दिएको हो। अदालतको आदेशअनुसार आवश्यक कागजपत्र तयारीको समय र सार्वजनिक बिदा परेकाले शिवाकोटी आइतबार थुनामुक्त हुने उनका तर्फबाट वकालत गर्दै आएका अधिवक्ता अशोक पोखरेलले बताए।

EPIC EPIC EPIC EPIC EPIC

यसअघि गत पुष २२ गते झापा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। तर शिवाकोटी बीएण्डसी अस्पतालमै पाँच महिनादेखि बसेका छन्। पक्राउ परेको २४ मंसिरदेखि नै उनी अस्पतालमै रहेका हुन्। जिल्ला अदालतले स्वास्थ्य अवस्थाको आधारमा उनलाई कारागार पठाउन आवश्यक नरहेको आदेश दिएको थियो।

शिवाकोटीले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा ७३ नम्बर निवेदन दर्ता गराएका थिए। त्यसकै आधारमा उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो।

यस आदेशप्रति पीडित बालिकाको परिवारले गम्भीर आपत्ति जनाएका छन्। बलात्कारजस्तो जघन्य अपराधमा संलग्न आरोपित व्यक्तिलाई धरौटीमा छोड्नुले न्यायमा विश्वास गुमाउने अवस्था सिर्जना भएको भन्दै उनीहरूले सर्वोच्च अदालत जाने चेतावनी दिएका छन्।

पूर्वी सीमा नाका काँकडभिट्टाबाट उद्दार गरिएकी १५ वर्षीया बालिकाले शिवाकोटीविरुद्ध जबरजस्ती करणीको बयान दिएपछि २०७९ मंसिर २४ गते उनलाई प्रहरीले पक्राउ गरेको थियो। चेलिबेटी बेचबिखनविरुद्ध काम गर्ने संस्था ‘आफन्त नेपाल’को सहयोगमा बालिकालाई उद्दार गरिएको थियो। पीडितका अनुसार उनलाई शिवाकोटीले पढाइदिने र घरको काम गराउने भन्दै राखेका थिए तर पटक–पटक करणी भएपछि उनी घरबाट भागेकी थिइन्।

शिवाकोटी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *