कचनकवल,भाद्र २। नेपाल सिङ्गिङ् सुपरस्टारका टप १६ का प्रतिस्पर्धी दिपक सापकोटा “दिपक भान्जा” पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले केन्द्रीय अध्यक्ष केपी शर्मा ओलिद्वारा सम्मानित भएका छन्।
आज एमाले कचनकवल गाउँ कमिटीले आज आयोजना गरेको वृहत् कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रम तथा सांस्कृतिक कार्यक्रममा आफ्नो गायन प्रस्तुति दिंदै उक्त कार्यक्रममा भान्जालाई ओलिले खादा ओडाइ उपस्थित कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई र ओलीले नेपाल सिङ्गिङ् सुपरस्टारको विजेताकालागि अग्रिम शुभकामना समेत दिएका छन्।
त्यस्तै राष्ट्रिय कलाकार शिशिर योगी समेत सहभागी रहेको उक्त कार्यक्रममा योगीको पनि गायन प्रस्तुति रहेको थियो।






























