बुद्धशान्ति। नेपाल वद्यार्थी संघ (नेविसंघ) ले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति घोर भर्त्सना गरेको छ । नेवि संघ बुद्धशान्तिले बुधबार झापाको बुधबारेमा बिरोध प्रद्र्धशन गरेको छ ।
कोरोना भाइरसको महामारी र त्यसको प्रत्यक्ष असरबाट प्रभावित उपभोक्ता लाई थप पीडा दिने गरि गरिएको मूल्यवृद्धिको घोर भत्र्सना गर्दे बिरोध गरिएको नेविसंघ बुद्धशान्ति सभापति उमेश भट्टराईले बताएका छन् ।

बिरोध कार्यक्रममा नेविसंघ जिल्ला सदस्य तथा संचार विभाग प्रमुख गोकुल पौडेलले उपभोक्तो चरम पीडा खपिरहेको समयमा गरिएको मूलयवृद्धि तत्काल फिर्ता लिन माग गरेका थिए ।कार्यक्रममा विरोधका विभन्न प्ले कार्ड बोकेर बजार परिक्रमा समेत गरिएको थियो ।
नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरि पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर पुन मूल्यवृद्धि गरेको छ ।



















