पेस्तोलसहित दुई युवक पक्राउ

जनकपुरधाम- प्रहरीले धनुषाबाट पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका ती दुवै युवकलाई शनिबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पेस्तोलसहित पक्राउ पर्नेहरूमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर–६ बस्ने २८ वर्षीय रोशन महतो र सोही ठाउँ बस्ने ३६ वर्षीय शंकर महतो रहेका छन् ।

EPIC EPIC EPIC EPIC EPIC

बिहीबार राति करिब ८ बजेको समयमा मिथिला नगरपालिका–२ विश्वकर्मा चोकमा एक पुरुष पेस्तोल बोकेर गइरहेको गोप्य सूचनाका आधारमा त्यहाँबाट रोशन महतोलाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

शंकाका आधारमा पक्राउ परेका महतोलाई चेकजाँच गर्दा उनको साथबाट ग्रिपको बीच भागमा पहेलो रंगको पाँच कोण भएको धातुको तारा आकारको चित्र अंकित माउजर पेस्तोल १ थान, पेस्तोलमा लोड गरिएको म्याग्जिन १ थान र म्याग्जिनमा लोड भएको केएफसेभेन प्वाइन्ट सिक्स फाइभ रहेको गोली २ थान बरामद गरिएको थियो ।

पक्राउ परेका रोशनसँग सोधपुछ गर्दा उनले उक्त हतियार सोही ठाउँ बस्ने शंकर महतोसँग ५० हजार रुपैयाँ नगद दिई बाँकी २० हजार पछि दिने गरी धनुषाको जटहीस्थित सीमानाकाबाट खरिद गरेर ल्याएको भन्ने कुरा खुलेको एसपी खड्काले बताए । रोशनको बयान लगत्तै उक्त हतियार बिक्री गर्ने शंकर महतोलाई समेत तत्कालै पक्राउ गरेर आवश्यक अनुसन्धान थालिएको उनले बताए ।

रोशनले ७० हजार किनेको हतियार दुई लाख रुपैयाँमा बेच्ने भनी ग्राहक खोजी रहेकै बेलामा पक्राउ पर्न गएको बताउँदै को सँग उनले हतियार बेच्न लागेका थिए भन्ने खुल्न नसकेको बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *