झापा। झापाको कन्काई नगरपालिका वडा नम्बर ९ मा आज दिउँसो एक पुरुषको पैदल यात्राको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा ४५ वर्षीय दुर्गा मुर्मु रहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जानकारी दिएको छ।
प्रहरीका अनुसार बिहीवार दिउँसो १२:३० बजेको समयमा पश्चिम् बाट पुर्व तर्फ पैदल यात्रा गर्ने क्रममा सडकमा लडेपछि मुर्मुको मृत्यु भएको हो। उनको छारे रोग पनि रहेको बुझिएको छ। मृतकको शव अहिले पोस्टमाटमका लागि भद्रपुर स्थित मेची प्रादेशिक अस्पताल लगिएको छ।