Search
Close this search box.
Search
Close this search box.

पोखराबाट सुर्खेत जाँदै गरेको यात्रुबाहक बस दुर्घटना १४ जना घाइते


दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस आज विहान ५ बजेतिर दुर्घटनामा परेको हो ।
पूर्व-पश्चिम राजमार्गको बबईसोता पुलको साइडमा बस दुर्घटनामा परेको हो । बस सडकदेखि १० मिटर तल खसेको वडा प्रहरी कार्यालय लमहीका प्रमख प्रहरी निरीक्षक शंकर श्रेष्ठले बताउनुभयो ।

घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । सवारी चालक रामेछाप सुनपति गाउँपालिका ३ निवासी ३३ बर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा १६ जना यात्रु थिए । ति मध्ये दुई जनालाई सकुसल उद्दार गरिएको छ ।

EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *