पोखरा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कास्कीको पोखरामा शुक्रबार विरोध सभा गरेको छ ।
राप्रपाले बेथिती भण्डाफोर गर्न र पार्टीका एजेन्डाका पक्षमा जनमत सिर्जना गर्न पोखराको चिप्लेढुंगामा बृहत जागरण सभा गरेको हो ।
सभामा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शम्शेर राणालगायत नेताहरू सहभागी छन् ।
राप्रपाले लुम्बिनी प्रदेशमा फागुन १७, सुदूरपश्चिम प्रदेशमा फागुन १८, मधेसमा फागुन २१, बागमतीमा फागुन २५, कर्णालीमा फागुन २७ गते यस्तै सभा गर्दैछ ।