Search
Close this search box.
Search
Close this search box.

पोर्चुगलमा घुम्ती शिविरबाट ३८ सय २९ नेपालीको राहदानी नवीकरण

काठमाडौं। फ्रान्सस्थित नेपाली दूतावासले पोर्चुगलमा सञ्चालन गरेको राहदानी नवीकरण घुम्ती सेवामा तीन हजार ८२९ जनाले सेवा लिएका छन् । पोर्चुगलको राजधानी लिस्वनमा अगष्ट २ देखि १३ सम्म राहदानी घुम्ती सेवा सञ्चालन गरिएको थियो । 

“घुम्ती सेवाबाट तीन हजार ८२९ नेपालीले आफ्नो राहदानी नवीकरणको सेवा लिनु भएको छ, जसमा १२१ जना नाबालक, तीन हजार ३८० नवीकरण र हराएका ३२८ जना रहेका छन्,” फ्रान्सस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

EPIC

दूतावासका अनुसार राहदानी सेवा सञ्चालनबाट चार लाख ९१ हजार ५८० यूरो (सात करोड २० लाख ११ हजार ५५४ रुपैयाँ) राजस्व संकलन भएको छ ।

घुम्ती सेवामा राहदानी विभागका निर्देशक र शाखा अधिकृत तथा नेपाली दूतावास पेरिसबाट तृतीय सचिव र स्थानीय कर्मचारी सहभागी भएका थिए ।

घुम्ती सेवाको व्यवस्थापन गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय समिति पोर्चुगलले गरेको थियो । पोर्चुगलस्थित नेपाली अवैतनिक महावाणिज्यदूतावास, पोर्चुगलमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरूले आ–आफ्नो स्थानबाट विभिन्न भूमिकामा सहयोग गरेको दूतावासले जनाएको छ । पोर्चुगलमा हाल ५० हजार भन्दा बढी नेपाली रहेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *