प्याब्सन झापाको अध्यक्षमा बुद्धशान्तिका छत्रबहादुर कार्की निर्वाचित

झापा।

EPIC

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल झापाको अध्यक्षमा छत्रबहादुर कार्की निर्वाचित भएका छन् । आइतबार (आज) भएको १४औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा कर्णाली एजुकेशन फाउण्डेशन बुद्धशान्तिका कार्की निर्वाचित भएका हुन् । उनले १७६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी जनार्दन ढकालले १०८ मत प्राप्त गरेका थिए ।

EPIC EPIC EPIC

त्यस्तै वरिष्ठ उपाध्यक्षमा बुद्धस्मृति एजुकेसन फाउण्डेशन बिर्तामोडका हरिकृष्ण (एचके) पाठक निर्वाचित भएका छन् । उनले १८९ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्दी उत्तम खनालले ९५ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा एम्स एकेडेमी अर्जुनधाराका टीआर गौतम १२२ मतसहित विजयी बनेका छन् । उनका प्रतिद्वन्दीहरु बदिराम राईले ९६ र भवानी पाठकले ६१ मत प्राप्त गरेको प्याब्सन झापाका सचिव त्रिलोचन गौतमले जानकारी दिए ।

सचिवमा दिपजन अंग्रेजी बोर्डिङ स्कुल बाह्रदशीका लक्ष्मीप्रसाद उप्रेतीले १६९ मत प्राप्त गरी विजयी बने । अर्का उम्मेदवार रुद्र सिटौलाले ११४ मत प्राप्त गरेका थिए ।

कोषाध्यक्ष पदमा सगरमाथा इङ्गलिस बोर्डिङ स्कुल शिवसताक्षीका अमृतकुमार तिम्सिना निर्वाचित भए । उनले १४९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी जनार्दन मैनालीले १३६ मत प्राप्त गरेका थिए ।

सहसचिवद्वयमा प्रजिता एजुकेशन एकाडेमी दमकका जिवन शिवाकोटी १७० र बेनुबाजा इङ्गलिस बोर्डिङ स्कुल कनकाईका विनोद सुब्बा १६८ मतसहित विजयी बने भने डम्बर रुचालले १३२ मतमात्र प्राप्त गरे ।

सहकोषाध्यक्षमा साउथ होराइजन इङ्गलिस स्कुल झापाका नारायण सुवेदी निर्विरोध निर्वाचित बनेका छन् । सदस्यहरुमा सुमन शर्मा जमरकट्टेल, दशरथ (देवेन्द्र) हुमागाई, कुलबहादुर श्रेष्ठ, कुमार राया, मोहन थापा, कल्पना थापा र प्रेमकुमार ओझा निर्विरोध चयन भएका छन् ।

सदस्य पालिकाबाट १५ पदसंख्या मध्ये गणेशकुमार श्रेष्ठ, सुर्यबहादुर कटुवाल, युवराज बराल, गोपाल ढुंगेल, भोजबहादुर कार्की, सन्तोष सुब्बा, दिपेन्द्र सुब्बा र अनुप राय चयन भएका छन् ।

त्यस्तै अधिवेशनले १३ जना महाधिवेशन प्रतिनिधीमध्ये पाँच जना चयन गरेको छ । इश्वरी श्रेष्ठ, डिल्लीप्रसाद चापागाई, श्रवण पोखरेल, चन्द्रप्रकाश राई र गीताराज खड्का (हरी) महाधिवेशन प्रतिनिधीमा चयन भएको निर्वाचन समिति संयोजक अमृतबहादुर बुढाथोकीले जानकारी दिए ।

३०९ जना मतदाता मध्ये २८९ मत खसेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *