झापा। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापा शाखाको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ। कार्यक्रम प्याब्सन झपाका निवर्तमान अध्यक्ष गौरीमान फागोको अध्यक्षतामा र प्याब्सनका केन्द्रीय सल्लाहकार गोविन्द लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
कार्यक्रममा प्याब्सनका प्रदेश सल्लाहकार एलडी राई, केन्द्रीय सदस्य एलपी उप्रेती, निर्वाचन प्रमुख आयुक्त अमृत बहादुर बुढाथोकी, प्रदेश सचिव कोषराज प्याकुरेल, र अन्य पदाधिकारी तथा सल्लाहकारहरूको उपस्थिति थियो।
नव निर्वाचित कार्यसमिति सदस्यहरूले सपथ ग्रहण गरे, जसमा अध्यक्ष छत्र बहादुर कार्की, वरिष्ठ उपाध्यक्ष हरि कृष्ण पाठक, उपाध्यक्ष टी.आर. गौतम, सचिव लक्ष्मी प्रसाद उप्रेती, कोषाध्यक्ष अमृत कुमार तिम्सिना, सह-सचिव जीवन सिवाकोटी र बिनोद सुब्बा, तथा सह-कोषाध्यक्ष नवराज सुवेदी रहेका छन्।
कार्यक्रमको स्वागत निवर्तमान वरिष्ठ उपाध्यक्ष र हालका अध्यक्ष छत्र बहादुर कार्कीले गरे भने सञ्चालन निवर्तमान सचिव हरि कृष्ण पाठकले गरेका थिए।
पद हस्तान्तरण समारोहले प्याब्सन झापाको आगामी कार्यकालका लागि नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्दै सकारात्मक ऊर्जाका साथ अघि बढ्न प्रेरित गरेको छ।