प्रचण्डलाई कारबाहीको माग गर्दै रास्वपाको आयोगमा उजुरी

image search 1681999256917

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले उजुरी दिएको छ। गठबन्धनको उम्मेदवारको प्रचारप्रसारमा प्रधानमन्त्री हेलिकोप्टरमार्फत गएर उम्मेदवारले जिते मन्त्री बनाउने अभिव्यक्ति दिएको भन्दै रास्वपा तनहुँका उपसंयोजक सूर्यमणि पौडेलले दाहाललाई कारबाहीको माग गर्दै उजुरी दिएका हुन्।

‘गठबन्धनको उम्मेदवारको प्रचारप्रसारमा बहालवाला प्रधानमन्त्री संलग्न हुनु, उद्घाटन गर्ने बाहनामा सेनाको हेलिकप्टर प्रयोग हुनु र निर्वाचनको बेलामा उमेदवारलाई भोट हालेर जिताए मन्त्री बनाउने सार्वजनिक अभिव्यक्ति दिएकोप्रति त्यहाँको ध्यानाकर्षण गराउन चाहन्छौँ,’ उजरीपत्रमा भनिएको छ।

EPIC EPIC EPIC EPIC EPIC

प्रधानमन्त्री प्रचण्डले बुधबारको सभामा गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईले चुनाव जिते मन्त्री बनाउने बताएका थिए। कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि तनहुँले राष्ट्रपति पाइसकेको र अब भट्टराईलाई मन्त्री बनाउने बताएका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *