Search
Close this search box.
Search
Close this search box.

प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

मंगलबार दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने कार्यसम्पादन समितिको बैठकबाट कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको हो ।

EPIC EPIC EPIC

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट तीन वटा निर्णय हुने बताए ।

‘आज हामीले तीन वटा निर्णय गर्छौँ,’ उनले भने, ‘सरकारबाट फिर्ता हुने, सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने निर्णय लिने गर्छौँ ।’

आइतबार साँझदेखि प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमाले नेतृत्वको गठबन्धनमा फर्किएका छन् । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा सम्मिलित नयाँ गठबन्धन बनेको छ ।

सोमबार प्रधानमन्त्री प्रचण्डले एमाले, माओवादी र रास्वपाबाट एक—एक जनालाई विना विभागीय मन्त्री बनाएका छन् ।

माओवादीले गठबन्धन बदलेपछि कांग्रेसले केन्द्रदेखि प्रदेशसम्म आफ्नो रणनीति बनाउने भएको छ ।

माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने र माओवादीका मन्त्री बर्खास्त गर्ने नीति लिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *