प्रचण्डले ओलीलाई लक्षित गर्दै भने– संसद पटक–पटक विघटन गर्नेले नै पुनःस्थापनाको कुरा गर्नु हास्यास्पद हो

काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद पटक–पटक विघटन गर्नेहरूले नै अहिले संसद पुनःस्थापनाको कुरा गर्नु हास्यास्पद भएको बताएका छन् ।

उनले  नेकपा (माओवादी केन्द्र)केन्द्रीय कार्यालय, पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै त्यस्तो धारणा राखेका हुन् ।

EPIC EPIC EPIC

संयोजक ‘प्रचण्ड’ले ओलीलाई लक्षित गर्दै भने, ‘संसद पटक–पटक विघटन गर्नेहरूले नै अहिले संसद पुनःस्थापनाको कुरा गर्नु हास्यास्पद हो । केपी ओली प्रधानमन्त्री हुँदा संसद विघटन भयो, राष्ट्रपतिको भूमिकाले त्यो संकट अझ चर्कियो । अहिले उनीहरूकै समूहले संसदको कुरा गर्नु विडम्बनापूर्ण हो ।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *