प्रचण्डले गरे केन्द्रीय समिति विघटनको प्रस्ताव, नयाँ नेतृत्व दिन तयार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सधैंभर पार्टी प्रमुखको जिम्मेवारीमा रहन मन नभएको बताएका छन्।

केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै जेनजी आन्दोलनको भावनाअनुसार निश्चित विधि र प्रक्रियाबाट नेतृत्व हस्तान्तरण गर्ने आफूले सार्वजनिक रुपमै बनाइसकेको बताए।

EPIC EPIC EPIC EPIC EPIC EPIC

उनले भने, ‘केही मान्छेहरूले भनेजस्तो मलाई सधैंभर पार्टी प्रमुखको जिम्मेवारीमा रहन मन छैन। नेतृत्व हस्तान्तरणको निम्ति हामी तयार हुनै पर्छ। जेन जी आन्दोलनको भावना लगतै निश्चित विधि र प्रक्रियाबाट नेतृत्व हस्तान्तरण गर्नेबारे मैले सार्वजनिक रूपमा अपिल गरिसकेको छु।’

उनले वैज्ञानिक बस्तुवादी विधि र विकल्पसहित आफू नेतृत्व छाड्न तयार रहेको बताए।उनले थपे, ‘यो विषम परिस्थितिमा पार्टीलाई छोडेर भाग्ने, जिम्मेवारीबाट पन्छिने, पलायन हुने, देश र जनतालाई धोका दिने भने पक्कै छैन। म नेतृत्वमा आउदा पनि बल गरेर आको होइन, अहिले पनि हुनैपर्छ भन्ने छैन। पार्टीले अहिलेसम्म दिएको जिम्मेवारीप्रति आभार प्रकट गर्दछु।’

देशी विदेशी चलखेल र हस्तक्षेप भएको आजको सन्दर्भमा नेतृत्व हस्तान्तरण जिम्मेवारीपुर्वक र विधिसम्मत रूपमा गरिनुपर्ने बताए। अहिलेको परिस्थितिमा नयाँ विचार, योजना, कार्यक्रम, नयाँ संगठनात्मक संरचना, आचरण र कार्यशैलीसहित नयाँ कार्यनीतिक शृङ्खला कायम गरेर यो संकटको सामाना गर्नुपर्ने बताए।

उनले भने, ‘जेन–जी आन्दोलनका मागप्रति समर्थन गरेको र राज्यदमनको विरुद्ध उभिएको हाम्रो पार्टीले आन्दोलनको भावना अनुसार नै पार्टीको केन्द्रीय पदाधिकारी, स्थायी समिति र केन्द्रीय समिति विघटन गरि यही बैठकबाट आयोजक समिति बनाएर विशेष महाधिवेशनमा जानेछ।’ लोकतन्त्रको रक्षाको लागि फागुन २१ को निर्वाचन सम्पन्न गराउन माओवादीले विशेष जोड गर्ने पनि बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *