प्रतिकेजी ३७ रुपैयाँमै उन्नत जातको गहुँको बीउ वितरण गर्दै कचनकवल गाउँपालिका

बनियानी। कचनकवल गाउँपालिकाले आगामी मौसमी खेतीलाई लक्षित गर्दै गहुँको उन्नत जातका बीउमा ५० प्रतिशत अनुदान दिने निर्णय गरेको छ।

गाउँपालिका कार्यपालिका कार्यालयले आज सूचना जारी गर्दै किसानलाई बीउ अनुदानका लागि आवेदन खुला गरेको हो।
सूचना अनुसार उन्नत जातका गहुँको बीउ किसानहरूले प्रति केजी ३७ रुपैयाँ मात्र तिर्नुपर्नेछ। इच्छुक किसानहरूले आफ्नो सम्बन्धित वडाबाट निवेदन पेश गरी सूचना प्रकाशन भएको मितिबाट १० दिनभित्र नेपाली नागरिकताको प्रतिलिपिसहित गाउँपालिकाको विकास शाखा, बनियानीमा सम्पर्क गर्नुपर्ने जनाइएको छ।

EPIC EPIC EPIC


गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “यो अनुदानले किसानलाई उन्नत बीउ प्रयोग गर्न प्रेरित गर्नेछ र गहुँ उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको छ।”


कचनकवल गाउँपालिकाले यसअघि पनि विभिन्न कृषि प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ। थप जानकारीका लागि गाउँपालिकाको कार्यालय वा फोन नम्बर ९८५२६५५२१० मा सम्पर्क गर्न सकिने जनाइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *