प्रतिनिधिसभामा सत्ता पक्ष र विपक्षीहरूबीच चर्काचर्की, बैठक स्थगित

काठमाडौं। प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक सुरू गर्नेवित्तिकै प्रमुख प्रतिपक्षी दलहरूले अवरोध जनाए। उनीहरूले अघिल्ला बैठकहरूमाजस्तै प्रधानमन्त्रीको जवाफ माग गर्दै अवरोध जारी राखे।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीको विषयलाई लिएर विपक्षी दलले प्रधानमन्त्री जवाफ माग गर्दै  आएको छ। प्रधानमन्त्रीको जवाफ नआएसम्म बैठक चल्न नदिने उनीहरूको अडान छ। 

EPIC EPIC EPIC EPIC EPIC

प्रतिपक्षी दलले अवरोध गरेपछि सत्तापक्ष दलका सांसदहरूले पनि सदन सञ्चालनका लागि दबाब दिँदै आ-आफ्नो ठाउँबाट उठे। त्यसपछि सभामुख घिमिरेले  सभा सञ्चालनका लागि वातावरण बनाउन पटक-पटक आग्रह गरे। दुवै पक्षले आफ्नो अडानबाट नहटेपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेको घोषणा गरे।

तर,आज प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसद बैठकमा सम्बोधन गर्नेबारे संसद सचिवालयलाई जानकारी गराइसकेका छन्। विपक्षी दलको अडानका कारण बिहीबार र शुक्रबार प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक प्रभावित भएका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *