दिपेन्द्र लुइँटेल भोजपुर ।भोजपुर बाट प्रतिनिधि सभा बाट माओवादी केन्द्रका सुधन किराँती बिजयी भएका छन । एमालेका तरोह बाट उम्मेदवारी दिएका पुर्ब सुचनामन्त्री एबम प्रदेश १ का पुर्ब मुख्य मन्त्री शेरधन राईलाई २ हजार तीन सय ८५ मतान्तरले पछि पार्दै बिजयी भएका हुन ।
बिहिवार राती सकिएको मत गणना अनुसार किरातिले २८ हजार ५ सय ७८ मत पाए भने शेरधन राईले २६ हजार १ सय ९३ मत प्राप्त गरे । यो शेरधन र सुधन बिचको तेस्रो प्रतिस्पर्धा हो ।
२०६४ सालको संविधान सभा निर्बाचनमा शेरधनले सुधनलाई पराजित गरेका थिए । दोश्रो संविधान सभाबाट शेरधन बिजयी भए । ७४ सालमा बाम गठबन्धन बाट सुधन संघमा र शेरधन प्रदेशमा जितेका थिए । २०४८ साल बाट निर्बाचित भैरहेका सेरधन यसपटक भने ब्रेक लागेको छ ।