प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

काठमाडौं– संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज आइतबार बस्ने भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बस्ने बैठकमा सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्न गर्न पाउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

EPIC

सचिवालयका अनुसार, सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री ओलीले रोस्टमबाट जवाफ दिनेछन्।

EPIC EPIC EPIC

यसैगरी, बैठकको सुरुमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको विवरण पढेर सुनाउनेछन्।

त्यसपछि, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सम्पन्न भएपछि गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।

त्यसैगरी, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *