झापा। झापाको भद्रपुर विमानस्थल छेउबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित २ जना र काँकडभिट्टाबाट १ जना गरी तिन जनालाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ, जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले मंगलबार दिउँसो तिन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भारतीय नागरिक दार्जिलिङ जिल्ला नक्शालवारीकी २८ वर्षीया कल्याणी बर्मनी, २८ वर्षीया राधा बर्मनी र २४ वर्षीय कल्याण बर्मण रहेका छन् । राधा र कल्याणी ९८ ग्राम ९०० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित भद्रपुरबाट पक्राउ परेका हुन् भने कल्याण बर्मण ९८ ग्राम ९०० मिलिग्राम लागूऔषध सहित काँकडभिट्टाबाट पक्राउ परेका हुन् ।
लागूऔषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।