झापा । तिहार पछिको पहिलो कारोबारका दिन नेपाली बजारमा छापावाला सुनको मूल्य एक हजार ५०० ले बढेर ९२ हजार ५०० कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मुल्य पनि १ हजार ५०० ले नै वृद्धि भइ ९२ हजारमा कारोबार भइरहेको छ । तिहार अघि (गत बिहीबार) छापावाला सुनको मूल्य ९१ हजार र तेजाबी सुनको मूल्य ९० हजार ५०० रहेको थियो ।
चाँदीको मूल्य बिहीबारका तुलनामा रु २५ले बबढेर एक हजार २५० कायम भएको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार २२५मा कारोबार भएको थियो ।