Search
Close this search box.
Search
Close this search box.

प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा

बुद्धशान्ति, माघ २४ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्ति झापाको आयोजनामा हुन लागेको प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । बुधबार प्रतिष्ठानको कार्यालयमा पत्रकार सम्मेलन गर्दै तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

प्रतियोगिता यही फागुन २ गतेदेखि १२ गतेसम्म बुद्धशान्ति -३ स्थित पेट्रोल पम्पछेउको खुला मैदानमा हुने प्रतिष्ठानका अध्यक्ष मदनकुमार प्रसाईंले जानकारी दिए । उनले निजी लगानीमा प्रतिष्ठानले क्रिकेटको विकासका लागि पालिकास्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

EPIC

झापा जिल्लाका पन्ध्रवटै पालिकाको सहभागी हुने प्रतियोगितामा बिजेताले नगद १ लाख रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउने छ भने उपबिजेताले नगद ५० हजार र मेडल, ट्रफी, प्रमाणपत्र पाउने बताइएको छ । खेल टी–२० को नियम अनुसार हुनेछ । अध्यक्ष प्रसाईंका अनुसार प्रत्येक टीममा १५ जना खेलाडीहरु हुनेछन् । जसमा ११ जना मुख्य खेलाडी र ४ जना बैकल्पिक रहने छन् । खेलमा म्यान अफ दी म्याचलाई २ हजार, फाइनलको म्यान अफ दी म्याचलाई ५ हजार र म्यान अफ दी सिरिजलाई १० हजार पुरस्कार दिइने छ ।

पहिलो खेल कनकाई नगरपालिका र बाह्रदशी गाउँपालिकाबिच हुनेछ । दोस्रो खेल हल्दिवारी र गौरीगञ्ज गाउँपालिका, तेस्रो खेल बुद्धशान्ति गाउँपालिका र मेचीनगर नगरपालिका, चौंथो खेल झापा गाउँपालिका र गौरादह नगरपालिका, पाँचौ खेल शिवसताक्षी नगरपालिका र कमल गाउँपालिका, छैठौँ खेल भद्रपुर र दमक नगरपालिका, सातौँ खेल अर्जुनधारा नगरपालिका र कचनकवल गाउँपालिकाबिच हुने बताइएको छ । बिर्तामोड नगरपालिका भने बाईमा परेको छ ।

पत्रकार सम्मेलनमा बुद्धशान्ति गाउँपालिका खेलकुद विकास समिति अध्यक्ष एवम् वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङ, इन्दिरा फाउन्डेसनका अध्यक्ष सुसन पाठक, बुद्धशान्ति उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र उप्रेती, क्रिकेट अम्पायर विनित बास्तोला, समाजसेवी प्रेम नेम्वाङ लगायतले प्रतियोगिता तयारीबारे जानकारी गराएका थिए । कार्यक्रको सञ्चालन प्रतिष्ठानका सचिव मदन मगरले गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *