प्रथम झापा लिग खेल्न बुद्धशान्तिबाट खेलाडी छानिए

बुद्धशान्ति । झापाको भद्रपुरमा बिहीबारबाट सुरु भएको ओम साई पाथिभरा हस्पिटल अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा बुद्धशान्ति गाउँपालिकाबाट सहभागी हुने खेलाडीहरुको नामावली सार्वजनिक गरिएको छ ।

भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा हुने खेलमा बुद्धशान्ति गाउँपालिकाबाट २० जना खेलाडीहरु तयारी गरिएको बुद्धशान्ति गाँउपालिका खेलकुद बिकास समितिका संयोजक एवम् वडा नम्बर ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङले बताएका छन् ।

EPIC EPIC EPIC EPIC EPIC

छनोट भएका खेलाडीहरुमा उपेन्द्र ल्वागु, रिजन ल्वागुन, दिपेन धिमाल, सुरज कार्की, अविनाश राई, पवन दर्जी, ओम कुमार श्रेष्ठ, अनिल विश्वकर्मा, बिबेक लिम्बु, सुजन मगर, जेम्स लिम्बु, सिगेप लिम्बु, शिशिर लिम्बु, पुजन थापा, अजय लिम्बु, पारस लिम्बु, हिमेश चाँपागाई, आयुस राई, बिजय राई र बबिन बोहोरा रहेका छन् ।

उनीहरुलाई वडास्तरीय खेल खेलाएर छनोट गरिएको बताइएको छ । सात वटै वडाबाट सुरुमा ४२ जना खेलाडी छनोट गरि खेलाडीहरुको खेललाई बिश्लेषण गरि २० जनाको फाइनल लिस्ट तयार गरिएको वडाध्यक्ष पर्शुराम चेम्जोङले बताएका छन् ।

प्रतियोगितामा झापाका १४ वटा पालिका र आयोजकको भद्रपुर ब्लेजर्स टिम गरी प्रतियोगितामा १५ वटा टिमले प्रतिस्पर्धा गर्ने छन् । १८ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुने बताइएको छ ।

खेल तालिकाअनुसार समूह ‘क’ मा हल्दिबारी, बिर्तामोड र बुद्धशान्ति रहेका छन् । समूह ‘ख’ मा कनकाई, भद्रपुर ब्लेजर्स, झापा र गौरादह, समूह ‘ग’ मा कचनकवल, बाह्रदशी, मेचीनगर र भद्रपुर तथा समूह ‘घ’ मा कमल, दमक, शिवसताक्षी र अर्जुनधारा रहेका छन् ।

प्रत्येक समूहका विजेता र उपविजेता आठवटा टिम नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणका खेलहरु क्वार्टर फाइनलबाट सुरु हुनेछन् । क्वार्टर फाइनलका खेल मंसिर १९ र २० गते हुने छन् । सेमिफाइनलका खेल मंसिर २२ गते हुने छन् ।

प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने छन् ।

त्यस्तै, उत्कृष्ट गोल किप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *