प्रथम बगान गोल्डकपको क्वाटरफाइनल खेल आजबाट सम्पन्न, भोलिदेखि सेमिफाइनल खेल

प्रथम बगान गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलको खेल आज सकिएको छ। मंगलबार(आज) भएको अन्तिम खेल ब्रोदर्श युनाइटेड र राजगढ एफ.सी बिचको रहेको थियो।

राजगढ फुटबल क्लब

जसमा राजगढ एफ.सीले ब्रोदर्श युनाइटेड(चन्द्रगढी)लाई ३-४ गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो। आज भएको खेलको उत्कृष्ट खेलाडी विजेता टिमका आयुष श्रेष्ठ भएका छन्। आज भएको खेलसँगै प्रथम बगान गोल्डकप-२०७९ को क्वाटरफाइनलको खेल सम्पन्न भएको छ।

EPIC EPIC EPIC
ब्रोदर्श युनाइटेड(चन्द्रगढी)

कचनकवल-३ पथरिया माविको खेलमैदानमा असोज ८ बाट सञ्चालन भएको प्रथम बगान गोल्डकप-२०७९ मा भोलिबाट सेमिफाइनल खेल सञ्चालन हुनेछ। भोलि बाट हुने सेमिफाइनलको खेलमा हिमाली युनाइटेड, स्यालडाँगी(विर्तामोड), बगान युथ क्लब र राजगढ एफ.सी प्रवेश गरेका छन् भने जलथल एफ.सी, भद्रपुर युथ क्लब, ज्ञानेचौक एफ.सी र ब्रोदर्श युनाइटेड प्रतियोगिताबाट बाहिरिएका छन्।

भोलि हुने सेमिफाइनलको पहिलो खेलमा बगान युथ क्लब र हिमाली युनाइटेड भिड्ने छन्। खेल दिउँसोको ३ बजेबाट सुरु हुनेछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *