प्रथम बगान गोल्डकपको भोलि पहिलो खेल:हिमाली युनाइटेड र जलथल एफ.सी भिड्ने

दक्षिणी झापाको कचनकवल गाउँपालिका अन्तर्गत रहेर समाजिक कार्यमा सक्रिय भुमिका खेल्दै आएको बगान युथ क्लबले  बगान गोल्डकपको पहिलो संस्करण आयोजना गरेको छ। भोलि हुने बगान गोल्डकपको उद्घाटन खेलमा हिमाली युनाइटेड र जलथल एफ.सी बिच हुनेभएको छ।

समूह ‘क’ मा रहेका यि दुइ टोली बिच असोज ८ गतेका दिन कचनकवल-३ स्थित पथरिया मा.विको खेल मैदानमा हुने खेल दिउँसोको २ सुरु हुनेछ।

EPIC EPIC EPIC

पहिलो दिन एक खेल मात्र हुनेछ। हिमाली युनाइटेड र जलथल एफ.सी बिच हुने खेल उद्घाटन खेलका रुपमा सञ्चालन भएपनि खेलभने प्रतियोगात्मक हुने छ। असोज ८ गते उद्घाटन भएको खेल असोज १५ गतेसम्म चल्नेछ। प्रतियोगिताको विजेताले नगद रू ३० हजार रुपैयाँ,ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ। त्यस्तै द्वितीयले नगद रू २० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ।

फुटबल प्रतियोगिताको प्रायोजन भने गोर्खा ब्रुअरी, इन्डिगो पेन्ट्स, सुब्बा एग्रो ट्रेडिङ प्रा.ली र सितल इन्टरप्राइजेजले गरेका छन् भने मिडिया पार्टनर पालिका सन्देश र तान्छो क्रिएसन रहेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च