प्रथम बगान गोल्डकप: उपाधिका लागि भोलि भिडन्त

कचनकवल। झापाको कचनकवलमा जारी प्रथम बगान गोल्डकप फुटबल प्रतियोगिताको भोलि(शनिबार) फाइनल खेल हुँदैछ। कचनकवल-३ स्थित पथरिया माविको खेलमैदानमा हुने फाइनल खेलमा राजगढ एफ.सी र हिमाली युनाइटेड क्लब बिच प्रतिस्पर्धा हुनेछ।

यसअघि भएको गोल्डकपको पहिलो सेमिफाइनल खेलमा खेलमा आयोजक बगान युथ क्लबलाई पेनाल्टी सुट-आउटमा ९-८ गोल अन्तरले हराउँदै हिमाली युनाइटेडले फाइनल प्रवेश गरेको थियो भने (बिहीबार) हिजो भएको अन्तिम सेमिफाइनल खेलमा स्यालडाँगी(बिर्तामोड)लाई ०-४ गोल अन्तरले  हराउँदै राजगढ एफ.सीले गोल्डकपको फाइनल प्रवेश गरेको थियो। भोलि हुने खेल निक्कै चुनौती पूर्ण हुने आँकलन गरिएको छ। खेल दिउँसोको १ बजेबाट सुरु हुने आयोजकले बताएको छ।

EPIC EPIC EPIC EPIC EPIC

झापा जिल्ला अन्तर्गतका ८ टिम सहभागी प्रतियोगिताको विजेताले नगद रू३० हजार सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् त्यस्तै उपविजेताले नगद रू२० हजार सहित
मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन्। त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट मिड-फिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोल स्कोरर र उत्कृष्ट कोच विधामा समेत पुरस्कारको व्यवस्था गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *