Search
Close this search box.
Search
Close this search box.

प्रथम बुद्धशान्ति वडास्तरीय पुरुष टी 10 क्रिकेट : भोलिको फाइनल खेलमा वडा नं १ र ३ भिड्दै

पालिका सन्देश । बुद्धशान्ति गाउँपालिका वडा नं ३ खेलकुद विकास समितिको आयोजना ,बुद्धशान्ति गाउँपालिकाको प्रायोजन तथा गाउँपालिका खेलकुद विकास समितिको समन्वयमा जारी प्रथम बुद्धशान्ति गाउँपालिका वडास्तरीय पुरुष टि १० क्रीकेट प्रतियोगिताको फाइनल समीकरण पुरा भएको छ। शनिबार हुने फाइनल भिडन्तमा बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ र वडा नम्बर ३ का बिचमा फाइनल खेल तय भएको हो।

वडा स्तरीय पुरुष टि १० क्रीकेट प्रतियोगितामा शुक्रबार दुई सेमिफाइनल खेल आयोजना भएका थिए। पहिलो सेमिफाइनलमा वडा नं १ ले वडा नं ५ लाई ६१ रनको विशाल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो। पहिले ब्याटिङ गरेको वडा नं १ ले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै १४० रनको ठुलो योगफल बनाएको थियो। १४१ रनको लक्ष्य लिएर मैदानमा उत्रेको वडा नं ५ ले सम्पुर्ण विकेट गुमाउँदै मात्र ७९ रन बनाउन सफल भयो ।खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएका बुद्धशान्ति १ का बलर नमन राउत खेलको म्यान अफ द म्याच घोषित भए ।

EPIC EPIC EPIC

त्यसैगरी शुक्रबार नै भएको दोश्रो सेमिफाइनल खेलमा वडा नंं ७ लाई ७४ रनको ठुलो अन्तरले पराजित गर्दै आयोजक वडा नस्३ फाइनल प्रवेश गरेको छ । पहिले ब्याटिङ गरेको वडा नम्बर ३ ले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै १११ रन बनाएको थियो। ११२ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रेको वडा नस्७ ले अलआउट हुँदै मात्र ३४ रन बनाउन सफल भयो । ब्याटिङ र बलिङ तर्फ उत्कृष्ट प्रदर्शन गर्दै बलिङमा ४ विकेट लिएका बुद्धशान्ति ३ का प्रविन कोइराला खेलको म्यान अफ द म्याच घोषित भए । भोलि हुने फाइनल खेलमा प्रमुख दाबेदार मानिएका वडा नंं १ र ३ बिचमा बिहान ११ बजेबाट फाइनल खेलको भिडन्त हुने आयोजकले पालिका सन्देशलाई जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद २० हजार ,ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद १० हजार ,ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।विशेषत खेलाडी उत्पादन ,प्रोत्साहन ,खेलाडी छनौटको उद्धेश्य राखी यो प्रतियोगिता आयोजना गरिएको आयोजना समितिले पालिका सन्देशलाई जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *