प्रदूषण न्यूनीकरण गर्न सवारी साधनमा युरो-६ मापदण्ड लगाउने तयारी

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले प्रदूषण न्यूनीकरणको लागि सवारी साधनमा युरो–६ मापदण्ड लगाउने तयारी भइरहेको जानकारी दिएका छन् ।  

राष्ट्रियसभामा आज उठेका प्रश्नको जवाफ दिँदै उहाँले सवारी साधनमा युरो–६ मापदण्ड लागू गर्ने तयारी भइरहेको बताए । 

EPIC EPIC EPIC EPIC EPIC

“काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्य योजना तर्जुमा गरी कार्यान्वयन भइरहेको र हाल यसको समयसापेक्ष संशोधनको प्रक्रियामा रहेको छ, सवारी साधनबाट हुने प्रदूषण न्यूनीकरणको लागि सवारी साधनमा युरो–६ मापदण्ड लगाउने तयारी भइरहेको छ, हाल युरो–३ को मापदण्ड कार्यान्वयनमा रहेको छ”, उनले भने, “वायु प्रदूषण नियन्त्रणसम्बन्धी २८ वटा मापदण्डको तर्जुमा गरी कार्यान्वयन भइरहेको र उद्योगको प्रतिष्ठान तथा आयोजनाको वातावरणीय मापदण्ड परिपालना तथा वातावरणीय अध्ययन प्रतिवेदनकको कार्यान्वयन सम्बन्धमा निरन्तर अनुगमन मूल्याङ्कन गरी आवश्यक निर्देशन दिने कार्य भइरहेको छ ।”

उनको अनुसार यसैगरी प्रदूषण नियन्त्रणका सम्बन्धमा भएका मुख्य नीतिगत तथा कार्यक्रम व्यवस्थामध्ये राष्ट्रिय वातावरण नीति २०७६ तर्जुमा गरी कार्यान्वयन भइरहेको, वातावरण संरक्षण ऐन, २०७६ तथा वातावरण नियामावली, २०७७ तर्जुमा गरी कार्यान्वयन भइरहेको र राष्ट्रिय वायु गुणस्तर व्यवस्थापन कार्य योजना तर्जुमाको कार्य अगाडि बढाएको छ ।

मन्त्री शाहीका अनुसार देशको विभिन्न ३० स्थानमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरी त्यसबाट प्राप्त तथ्याङ्कलाई वातावरण विभागको वेवसाइटमार्फत सरोकारवाला तथा सर्वसाधारणलाई जनकारी भइरहेको छ । वातावरण प्रदूषण, मानव स्वस्थ्य र पर्यवरणमा यसको असर र प्रदूषण न्यूनीकरणक उपायहरूको सम्बन्धमा विभिन्न सञ्चारका माध्यममार्फत जनचेतना अभिवृद्धि गर्नेलगायतका प्रवर्द्धनात्मक कार्य भइरहेको उनको भनाइ छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *