प्रदेश सहकारी रजिष्ट्रारमा विवरण नबुझाउनेमा हातेमालो सहकारी देखि बन्द भएका सहकारीसम्म

झापा । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाले बिवरण नबुझाउने निष्क्रिय सहकारीको सूची सार्वजनिक गरेको छ । आफ्नो नियमन क्षेत्राधिकार भित्र पर्ने २ वर्षसम्म बिवरण नबुझाउने ४८७ वटा सहकारी संघ संस्थाहरूको सूचि सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको सूचनामा बुद्धशान्तिको सञ्चालनमा आइरहेको सहकारी देखि निश्कृय भई बन्द अवस्थामा रहेको सहकारी समेत परेका छन् । चालु अवस्थामा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले समेत आफ्नो वित्तिय विवरण प्रदेशमा नबुझाएको सुचनामा उल्लेख छ । त्यस्तै बुद्धशान्तिका अन्य सहकारीहरुमा कामधेनु बहुउद्देश्यीय दुग्घ उत्पादक सहकारी संस्था बुद्धशान्ति २, फलदायी कृषि सहकारी संस्था लि बुधबारे ९, सुपारी सहकारी संघ लि बुधबारे ९, बाँस उद्यम बचत तथा ऋण सहकारी संस्था लि। बुधबारे ५, अविनाश जडिबुटी उत्पादन सहकारी संस्था लि। बुधबारे ९, दिव्य दृष्टि बचत तथा ऋण सहकारी संस्था लि. बुधबारे ५, लोम पशुपालन सहकारी संस्था लि। बुधबारे ९, बर्ने शान्ति जागरण कृषि सहकारी संस्था लि। शान्तिनगर १, प्राकृतिक रबर कृषि सहकारी संस्था लि। बुधबारे ८, सुकर्म बचत तथा ऋण सहकारी संस्था लि। बुधबारे ९, हातेमालो बचत तथा ऋण सहकारी संस्था लि. रहेका छन् ।

EPIC EPIC EPIC EPIC EPIC

रजिष्ट्रार कार्यालयले हालै सूचना प्रकाशन गर्दै यस्तो सूची सार्वजनिक गरेको हो । सूचनामा सूचि सार्वजनिक भएको मितिले ३५ दिनभित्र प्रदेश सहकारी ऐन, २०७६ बमोजिमको बिवरणहरू नियामक निकायमा बुझाउन भनेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *