प्रदेश स्तरीय शारिरीक सुगठन प्रतियोगिताको अन्तिम तयारी पुरा

336721787 742845933887762 8089516198322375805 n

बिर्तामोड । झापाको बिर्तामोडमा हुने प्रदेश स्तरीय शारिरीक सुगठन प्रतियोगिताको अन्तिम तयारी पुरा भएको छ । आयोजक ग्यालेक्सी फिटनेसले बिर्तामोडमा आइतवार पत्रकार भेटघाटको आयोजना गरी यस बर्ष हुने शारिरीक सुगठनको तयारी पुरा भएको जनाएको हो ।

चैत २४ र २५ गते बिर्तामोडमा हुने प्रतियोगितामा कोशी प्रदेशका खेलाडीले सहभागी हुन पाउँने आयोजक समितिका सचिव केशब श्रेष्ठले जानकारी दिए । खेलाडीलाई बिभिन्न ५ समुहमा बिभाजन गरेर प्रतियोगितामा सहभागी गराइने आयोजकले जनाएको छ ।

EPIC EPIC EPIC

प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७५ केजीभन्दा माथीको तौल समुहमा प्रतिष्पर्धा गराइने उनले बताए । तौल समुहका बिजेतामध्ये प्रतिष्पर्धा गराएर एकजना च्याम्पियन छनौट गरिने कार्यसुची रहेको श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले २ लाख, दोस्रो हुनेले १ लाख २५ हजार, तेस्रो ७५ हजार, चौथो ५० हजार र पाँचौ हुनेले ३० हजार रुपैंयाँ पुरस्कार पाउँने आयोजक समितिका कोषाध्यक्ष चन्द रानामगरले जानकारी दिए । त्यसैगरी हरेक तौल समुहमा दोस्रो र तेस्रो हुनेले जनही १० र ५ हजार रुपैंयाँ पुरस्कार पाउँने मगरले जानकारी दिए ।

बिर्तामोडको कृष्ण सिनेमा हलमा आयोजना हुने प्रतियोगितामा प्रदेशभरका १ सय ५० भन्दा बढी खेलाडी सहभागी हुने अपेक्षा आयोजकको छ । प्रतियोगिता सम्पन्न गर्न १५ लाख रुपैंयाँ खर्च हुने अनुमान रहेको उनको भनाई छ । कार्यक्रममा आयोजक समितिका उपाध्यक्ष रोहित गजमेर, सदस्य रेखा बास्तोला, संरक्षक कल्पना मगर, सल्लाहकार रतन लिम्बुलगायतको उपस्थिति रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च