प्रदेश १ का मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिने

विराटनगर – कात्तिक १६ गते सपथ ग्रहण गरेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पर्सी मंगलबार प्रदेश सभाबाट विश्वासको मत लिने निश्चित गरेका छन् । आइतबार प्रदेश सरकारको तर्फबाट उनले प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली समक्ष विश्वासको मत लिनेसम्बन्धि सूचना दर्ता दर्ता गरेका हुन् । 

मुख्यमन्त्री राईका प्रमुख स्वकीय सचिव सन्‍दीप राईले आफू प्रदेश सभामा पुगेर सरकारले विश्वासको मत लिने सम्बन्धि सूचना दर्ता गरेको जानकारी दिए । सूचना दर्ता भएसँगै मुख्यमन्त्री राईले मंगलबारको प्रदेशसभा बैठकमा संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेशसभा नियमावली २०७४ को नियम १२८ को उपनियम (४) बमोजिम विश्वासको मतका लागि प्रस्ताव पेश गर्न सक्नेछन् । संसद सचिवालयका प्रवक्ता चमिना भट्टराईले सोमबार बस्ने कार्यव्यवस्थाको बैठकले मंगलबारको प्रदेश सभाको कार्यसूचीबारे टुंगो लगाउने जानकारी दिइन् ।

EPIC EPIC EPIC

सभामुख प्रदीपकुमार भण्डारीले कात्तिक २३ गतेका लागि प्रदेश सभाको पाँचौ बैठक बोलाएका थिए । तर मुख्यमन्त्री राईले विश्वासको मत लिइहाल्ने तयारी गर्दै उक्त बैठक सार्न सभामुख भण्डारीलाई आग्रह गरेका थिए । सोही आग्रह अनुसार कात्तिक ३० गते दिउँसो १२ः३० बजेका लागि बैठक बोलाइएको छ । प्रदेश सभा नियमावलीको नियम १२८ को उपनियम १ मा संविधानको धारा १६८ को उपधारा (२) वा (३) र धारा १८८ को उपधारा (१) वा (२) बमोजिम मुख्यमन्त्रीले तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेश गर्ने व्यवस्था छ । 

उपनियम (१) बमोजिम दिइने सूचना प्रस्तावमाथि छलफल हुने दिनभन्दा दुई दिन अगावै दिनु पर्ने सोही नियमको उपनियम (२) मा उल्लेख छ । उपनियम (१) बमोजिमको सूचना प्राप्त भएपछि प्रदेशसभाका सचिवले सभामुखसमक्ष पेश गर्ने र सभामुखले बैठकमा प्रस्ताव पेश गर्ने दिन र समय तोक्ने उपनियम (३) व्यवस्था छ । सोही व्यवस्था अनुसार मुख्यमन्त्री राईले मंगलबार बोलाइएको प्रदेशसभाको बैठकको दुई दिन अगावै आइतबार प्रदेशसभामा सूचना दर्ता गरेका हुन् ।

सभामुख भण्डारीले नियमावलीको नियम १२८ को उपनियम (४) अनुसार प्रस्ताव पेश गर्न अनुमति दिएपछि आफ्नो वक्तव्यसहित विश्वासको मतका लागि बैठकमा प्रस्ताव पेश गर्नेछन् । मुख्यमन्त्री राईसहित नेकपा एमालेका १० सांसद नेकपा (एकीकृत समाजवादी) मा गएपछि तत्कालिन मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका थिए । आचार्यले प्रदेश सभामा विश्वासको लिन असफल भएपछि पाँच दलीय विपक्षी गठबन्धनको नेतृत्व गर्दै राई प्रदेश १ को तेस्रो मुख्यमन्त्री बनेका थिए । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च