प्रधानमन्त्रीको सवारी पछ्याउँदै गर्दा दुई प्रदेश मन्त्रीका गाडी कच्याककुचुक

काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्रीका गाडी आपसमा ठोक्किँदा कच्याककुचुक भएका छन्। 

मंगलबार ति दुई एसयुबी गाडी प्रधानमन्त्री केपी शर्मा ओली चढेको गाडीलाई पछ्याउँदै थिए। 

EPIC EPIC EPIC EPIC EPIC

मंगलबार दिउँसो लम्कीचुहा नगरपालिका–१ मा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की चढेका गाडी जुधेको हो।

बा२झ १४१९ नम्बरको गाडीमा मन्त्री पाल सवार थिए भने कानुन मन्त्री सार्की चढेको से१झ ३३० नम्बरको गाडीमा थिए। 

सार्की सवार गाडीले पाल रहेको एसयुभीमा ठक्कर दिया। चालक आत्तिएर वा ब्रेक नचलेर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। यसबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

कानुन मन्त्री सार्की सवार से१झ ३३० गाडीमा बढी क्षति पुगेको छ। अहिले दुबै मन्त्री बा.२झ १४१९ को गाडीमा चढेर गइसकेको प्रहरीले जनायो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *