प्रधानमन्त्री ओलीको झापा भ्रमणका क्रममा दमकमा रास्वपाको कार्यक्रममा प्रहरी हस्तक्षेप

झापा। प्रधानमन्त्री केपी शर्मा ओलीको झापा भ्रमणका क्रममा दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको हस्ताक्षर संकलन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ।

दमकको क्याम्पस मोडमा भइरहेको कार्यक्रममा प्रधानमन्त्रीको सवारी चलिरहेकाले माइक नबजाउन प्रहरीले आग्रह गर्दा नमानेपछि हस्तक्षेप भएको हो।

EPIC EPIC EPIC EPIC EPIC

रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकका अनुसार, प्रहरीले माइक नबजाउन आग्रह गर्दा आफूहरूको हस्ताक्षर अभियान निरन्तर चलिरहेकाले नरोक्ने बताएपछि साउन्ड सिस्टम फुटाइदिएको र पेनड्राइभ खोसेर लगेको थियो। प्रहरीको यो हस्तक्षेप निन्दनीय भएको पाठकले बताए।

पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसका विरुद्ध जनसमर्थन जुटाउन रास्वपाले देशभर हस्ताक्षर संकलन अभियान सञ्चालन गरिरहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *