Search
Close this search box.
Search
Close this search box.

प्रधानमन्त्री ओलीको ‘टिकटक अकाउन्ट’

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीको नामबाट भिडियो सेयरिङ एप टिकटक खोलिएको छ। आइतबार बनाइएको उनको अफिसियल अकाउन्ट भेरिफाइड समेत भइसकेको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो।

’प्रधानमन्त्री पहिलादेखि नै फेसबुक र ट्विटरमा हुनुहुन्छ’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ’उहाँका धारणाहरू लोकप्रिय बनेको टिकटकबाट पनि जनतामा पु¥याउन खोजेका हौं।’

EPIC EPIC

नयाँ पुस्तामाझ टिकटक चर्चित छ। प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले छलफल गरेर नै सञ्चालनमा ल्याइएको बताए। केही दिन अगाडि ओलीले एक कार्यक्रममा कोभिड–१९ महामारीबीच डिजिटल प्रविधि उल्लेख्य विकास भएको बताएका थिए। कोभिड–१९ ले प्रत्येक सर्वसाधारणबीच दूरी बढाइदिएको समयमा डिजिटल कमर्स, डिजिटल पेमेन्टलगायत प्रविधिले एकआपसलाई जोड्ने प्रयास गरेको प्रधानमन्त्री ओलीको भनाइ छ। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *