प्रधानमन्त्री कार्यालयमा ६८ कर्मचारीको दरबन्दी कटौती गर्ने मन्त्रिपरिषद्काे निर्णय

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको हो ।

EPIC EPIC EPIC EPIC EPIC

कार्यालयको पुर्नसंरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्ने निर्णय भएकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयाे । जसअनुसार प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दीहरु कटाैती भएका उहाँले बताउनुभयाे ।

मन्त्रिपरिषद् बैठकले २०८०-०८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण मन्त्री शर्माले जानकारी दिनुभयाे । गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ हजार ५० रुपैयाँ निर्धारण गरिएकाे उहाँले बताउनुभयाे ।

सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमतर्फ रिक्त सदस्यसचिव पदमा महेश भट्टराईलाई तोक्ने निर्णय गरेकाे छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *