प्रधानमन्त्री प्रचण्ड विदेश भ्रमणमा जाँदै

image search 1677405396149

काठमाडौं। गत पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि पुष्पकमल दाहाल प्रचण्डले पहिलो विदेश भ्रमण कतारबाट गर्ने भएका छन्।

उनी आफ्नो तेस्रो कार्यकालको पहिलो विदेश यात्रामा यही शुक्रबार कतार जान लागेका हुन्।

EPIC EPIC EPIC EPIC EPIC

उनी अतिकम विकसित मुलुकहरूको सम्मेलनमा भाग लिन कतार जाने निर्णय भएको प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार बुद्धि जिसीले बताए।

प्रधानमन्त्री दोहामा हुने दुई दिने सम्मलेनमा सहभागी भएर फागुन २२ गते स्वदेश फर्किने उनले बताए।

यही फागुन २५ गते नेपालमा राष्ट्रपतिको निर्वाचन हुँदैछ। राष्ट्रपतिको निर्वाचनबीच पनि प्रधानमन्त्री कतार जाने कार्यक्रम तय भएको हो।

त्यस सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसँग पराराष्ट्रमन्त्री डा। विमला राई पौड्याल पनि जाने बताइएको छ।

यसबारे परराष्ट्र मन्त्रालयले आइतबार सिंहदरवारमा पत्रकार सम्मेलन गरेर पनि जानकारी दिएको छ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही फागुन १९ गते शुक्रबार सम्मेलनमा सहभागी हुन कतारको दोहा प्रस्थान गर्ने बताइन्।

प्रधानमन्त्री दाहालले सो सम्मेलनलाई सम्बोधन गर्नेछन्। त्यसैगरी सम्मेलनमा सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुसँग पनि प्रधानमन्त्री दाहालले द्धिपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ।

नेपाली दूतावास र त्यहाँस्थित नेपाली समुदायले गर्ने कार्यक्रममा पनि प्रधानमन्त्री दाहाल सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *