प्रभु साह नेतृत्व (आजपा) पार्टीद्वारा आज मधेस बन्द

पूर्व मन्त्री​ प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले आज मधेश बन्द गरेको छ । बैंकहरूले लिने गरेका मनोमानी ब्याज फिर्ता गराउन, लघुवित्त र सहकारीहरूको सम्पुर्ण ऋण मिनाहा गराउन तथा आम जनतालाई सहज कर्जा दिलाउन माग गर्दै आजपाले आज मधेश बन्दको आह्वान गरेको हाे ।

EPIC

उक्त पार्टीले बुधबार मधेश प्रदेशभर मसाल जुलुस प्रर्दशन गरेको थियो ।

EPIC EPIC EPIC

आज भनिएको बन्द सफल पार्न मधेश प्रदेशको राजधानी जनकपुरसँगै मधेशका सबै जिल्ला सदरमुकामलगायतको स्थानमा आजपा कार्यकर्ताहरूले बुधबार साँझ मसाल जुलुस प्रर्दशन गरेका हुन्।

आजपा निकट आईटी आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा बुधबार जानकी मन्दिरमा सरसफाई गरिएको थियो भने जनकपुरको दुई स्थानमा बुधबार साँझ मसाल जुलुस प्रर्दशन गरिएको थियो ।

त्यसैगरी रौतहटको सदरमुकाम गौर , चन्द्रनिगाहपुर र गरुडामा मसाल जुलुस प्रर्दशन गरिएको हो ।

आजपाका जिल्ला इन्चार्ज त्रिभुवन साह, जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल, पूर्व मेयर सियाराम कुशवाहा, पलत चौधरी, लालबाबु मन्सुरी, सुरेश चौधरी, अशोक चौधरीलगायत दर्जनौंको संख्यामा रहेका कार्यकर्ताहरूले चन्द्रनिगाहपुरमा मसाल जुलुस प्रर्दशन गरेका छन् । राजमार्गको पूर्वतर्फबाट नारा जुलुससहित आएका प्रदर्शनकारी र प्रहरीबीच चन्द्रपुर मुख्य चोकमा सामान्य झड्प भएको थियो ।

उता उमाशंकर साह, निवेश यादव, विक्रम साहले गौरमा र अनिल झा, विजय साहले गरुडास्थित मसाल जुलुसको नेतृत्व गरेका थिए ।

मसाल जुलुस प्रर्दशनको क्रममा चन्द्रपुरमा प्रहरीसँग सामान्य झड्प भएपनि गौर र गरुडा शान्तिपूर्ण प्रदर्शन भएको आजपाका जिल्ला अध्यक्ष त्रिभुवन साहले बताए ।

उता वीरगञ्‍ज, कलैया, मलंगवालगायत मधेश प्रदेशको सबै जिल्ला सदरमुकामलगायतका स्थानमा बुधबार साँझ मसाल जुलुस प्रर्दशन गरिएको आजपाले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *