प्रविधिको प्रयोग गरेर बुद्धशान्तिमा रोपियो चैते धान

तीर्थ तिम्सिना/ बुद्धशान्ति
बुद्धशान्ति (पालिका सन्देश) । प्रविधि भित्रिएसँगै झापाका कृषकहरुलाई खेती गर्न सहज हुँदै आएको छ । धान, मकै, गहुँ जस्ता बाली लगाउने, रोप्ने र काट्ने काम मेसिनबाटै सहज रुपमा हुन थालेपछि किसानलाइ खेती गर्न सहज बन्न थालेको छ । झापाको बुद्धशान्ति गाउँपालिकामा पनि आधुनिक कृषि प्रविधि प्रयोग गरेर चैते धान रोपिएको छ । बुद्धशान्ति–३ चर्चाबारीमा किसानले लगाएको एक विगाहा क्षेत्रफलमा आधुनिक धान रोप्ने मेसिनको प्रयोग गरेर चैते धान रोपिएको हो ।

किसानलाई धानखेतीको आधुनिक प्रविधि सिकाएर लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले बुद्धशान्तिमा प्रविधिमार्फत धान खेती गरिएको बुद्धशान्ति गाउँपालिका कृषिविकास शाखाका कृषि प्राविधिक कृष्ण ढुंगेलले बताएका छन् । उनले कृषि ज्ञान केन्द्रको सहयोगमा स्थानीय दिपज्योती कृषक समूहको आयोजनामा धान रोपाइँं गरिएको बताएका छन् ।

EPIC EPIC EPIC


किसानलाई धानखेतीको आधुनिक प्रविधि सिकाएर लागत घटाउन र उत्पादन बढाउन साथै समयको पनि बचत हुने भएकाले आधुनिक कृषि प्रविधि प्रयोग गर्दै चैते धानको रापाइँं गरिएको कृषि प्राविधिक ढुंगेलको भनाइ छ । उनले २ हजार तीनसय हेक्टर खेतीयोग्य जमिन रहेको बुद्धशान्तिमा पहिलो चरणमा एक विगाहा क्षेत्रफलमा चैते धान रोपिएको र बर्खे धानमा पनि यो प्रविधिले रोप्ने योजना रहेको बताएका छन् ।


यसअघि झापा जिल्लाका चार वटा पालिका गौरादह नगरपालिका, शिवसताक्षी नगरपालिका, गौरीगञ्ज गाउँपालिका र कमल गाउँपालिकामा ट्रेमा धानको बीउ उमारेर र धान मेसिनले रोपाइँ गरेर नमुना खेती गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताएका छन् । ‘किसानलाई प्रविधि चिनाउँदै प्रविधियुक्त खेतीमा प्रोत्साहित गराउने उद्देश्य हो’,उनले भने, ‘बीउ राख्न ट्रे र धान रोप्ने मेसिन निःशुल्क उपलब्ध गराइएको छ ।’ सहकारीको मेसिन भाडामा लिएर रोपाइँ गरिएको उनले बताए ।


सुरुसुरुमा किसानहरुलाई परम्परागत प्रणालीबाट नयाँ प्रविधिमा जानका लागि केही अप्ठेरो देखिएको भएपनि यसका फाइदा बुझेपछि पछिल्लो समय जिल्लामा आधुनिक प्रविधिको प्रयोगले खेती गर्ने किसानको संख्या बढ्दै गएको पाइएको छ । अहिले जिल्लामा हाते ट्क्याटर, मकै छोडाउने मेसिन, गहुँ छर्ने मेसिन, धान, गहुँ काट्ने कम्बाइन हार्भेष्टर, धान गहुँ, तोरी, मसुरो चुट्ने थ्रेसर मेसिन, धान, गहुँ काट्ने रिपर मेसिन लगायतको प्रयोग बढिरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *