प्रहरीलाई झुक्याएर भाग्न खोज्दा बुद्धशान्तिबाट ट्याक्टर सहित काठ बरामद

बिष्णु लामिछाने, बुद्धशान्ति(पालिका सन्देश) -प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका- १ होक्सेबाट सखुवाको काठ बरामद गरेको छ।

शुक्रवार साझ करिव ८ बजे बुद्धशान्ति १ होक्सेबाट मे१त २७४७ नम्बरको ट्याक्टरबाट प्रहरीले झन्डै ४५ क्यु.फि. सखुवाको काठ बरामद गरेको छ। त्रीपालले छोपेर बुधबारे तर्फ ल्याउदै गरेको अवस्थामा प्रहरीले उक्त काठ फेला पारेको हो।

EPIC EPIC EPIC

सादा पोशाकमा गएका प्रहरीलाई देखेर चालकले ट्याक्टर भगाउन खोजेका थिए।प्रहरीले ट्याक्टर नियन्त्रणमा लिई चावी खोसेपछी स्पेयर चाविले ट्याक्टर भगाए पनि बाटो नभेटेपछि ट्याक्टर छोडेर चालक भागेको स्थानीयले बताएका छन्।

सवारी र काठ डिभिजन वन कार्यलय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *