प्रहरीसँग न्याय खोज्न अब कोहीको सहारा लिनु पर्दैन: एसपी लिम्बू

बिर्तामोड। झापाका सबै नागरिकलाई प्रहरी यूनिटहरूसम्म सहज पहुँचको व्यवस्था मिलाइने जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी राजन लिम्बुले प्रतिबद्धता जनाएका छन्। अब कसैको साहरा वा “सोर्स” नलिईकनै पीडित नागरिकहरूले आफ्ना समस्या प्रहरीसमक्ष सिधै राख्न सक्ने वातावरण बनाइने एसपी लिम्बुको भनाइ छ।

“अब प्रहरीसम्म पुग्न कसैको साथ लिनु पर्ने अवस्था रहने छैन,” उनले झापाली पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा स्पष्ट पारे। नागरिकहरूलाई आफ्नो समस्या राख्न प्रहरी कार्यालयको प्रमुखसम्म प्रत्यक्षरूपमा पुग्न सकिने उनले बताए।

EPIC EPIC EPIC EPIC EPIC

कार्यक्रमका क्रममा एसपी लिम्बुले झापामा सबैभन्दा गम्भीर समस्या लागुऔषध सम्बन्धी रहेको बताए। उनले लागुऔषध कारोबार, चोरी, सवारी दुर्घटना, ठगी, सामाजिक सञ्जालको दुरुपयोग, ब्लाकमेलिङ, र चोरी पैठारी नियन्त्रणमा कडाइ गरिने जानकारी दिए।

मोटरसाइकल चोरी रोकथामका लागि चेकिङमा ब्लुबुकमा उल्लेखित फोटो र चेचिस नम्बर अनिवार्य रूपमा हेर्न निर्देशन दिइएको उनले बताए। साथै, शान्ति सुरक्षाको अवस्थामा सुधार ल्याउन सबै सरोकारवालासँग समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा सहभागी पत्रकारहरूले जिल्लाका विविध समस्या समाधानका लागि विभिन्न सुझाव प्रस्तुत गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *