काठमाडौं- नेपाल प्रहरीमा रिक्त रहेको ५ हजार ३२५ प्रहरी जवान-जनपदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।आयोगले २०७७ फागुन २२ गते लिएको परीक्षामा सहभागी भएका ७ हजार ३२४ जनाको नाम प्रकाशन गरिएको छ।
खुलामा ४ हजार १२८,अमररअशक्त प्रहरी जवानमा ७,महिलामा १ हजार ८४,आदिवासी जनजाति २ हजर २९७,मधेसी १ हजार २९६, दलितमा ९९४ र पिछडिएको क्षेत्रमा ४४९ जना परीक्षार्थीको नाम प्रकाशन गरिएको छ।