प्रहरी हिरासतमा पुगेपछि आशिकाले मागिन् माफी– ‘भावनामा आएर चर्को स्वर बोलेँ’

आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङले गल्ती स्वीकार्दै माफी मागेकी छन् ।

अभद्र व्यवहारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेका बेला तामाङले आफ्नो गल्ती स्वीकारेकी हुन् ।

EPIC EPIC EPIC

पशुपति क्षेत्र विकास कोषमा पुगेर आशिकाले सुरक्षार्थ खटिएका प्रहरी र कोषका कर्मचारीलाई अभद्र व्यवहार गरेकी थिइन् । कोषकै उजुरीका आधारमा उनलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो । 

प्रहरी हिरासतमा पुगेपछि आशिकाले आफ्नो बोल्ने शैली र व्यवहारका कारण अरूलाई दुःख परेकोमा माफी मागेकी हुन् । आशिकालाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ । उनलाई भेट्न कोही पनि पुगेका छैनन् । हिरासतमा अन्य थुनुवाले पाउने सुविधा उनले पाएकी छिन् । 

गौशाला वृत्तका प्रमुख डीएसपी सुकदेव खनालका अनुसार आशिकाले प्रहरीसमक्ष माफी मागेकी हुन् ।

‘मैले अलिकति भावना र उत्तेजनामा आएर चर्को स्वरमा बोलेकी हुँ,’ आशिकाको भनाइ उद्धृत गर्दै खनालले लोकान्तरसँग भने, ‘मेरो व्यवहारबाट कसैको मानमर्दन भएको भए माफी पाऊँ भन्ने उहाँको कुरा छ ।’ 

आशिकाले आफू सामाजिक अभियन्ताको रूपमा काम गरिरहेको र कोषमा ज्यालादारी तथा करारमा राखिएका कर्मचारी निकाल्ने भएपछि त्यसको विरोधमा आवाज उठाएको बताएकी छिन् । 

प्रहरी र कोषका कर्मचारीविरुद्ध आक्रामक शैलीमा उत्रिएकी आशिकालाई प्रहरीले पटक–पटक चेतावनी दिँदा पनि उल्टै जाइलागेकी थिइन् । कानून कार्यान्वयन गर्ने निकाय हुँदाहुँदै पनि आशिकाले आफूलाई कानून भन्दामाथि राखेर प्रस्तुत हुने गरेको बुझाइ प्रहरीको छ ।

केही क्यामेरा लिएर राजमार्गका होटलमा पुगी खानाको मूल्य र गुणस्तरको बारेमा आवाज उठाएर भाइरल भएकी आशिकाको गतिविधिलाई लिएर विभिन्न टीकाटिप्पणी हुन थालेको थियो ।

पछिल्लोपटक कोष भित्र पुगेर उनले गरेको हर्कतविरुद्ध कोषले कानूनी उपचार खोजेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *