प्राकृतिक विपद्प्रति गम्भीर बन्न डा. कोइरालाको आग्रह, घाइतेको निःशुल्क उपचारको माग

काठमाडौं – हालै देशभर देखिएको प्राकृतिक विपद्को जोखिमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सरकारले तुरुन्त प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन्।

शुक्रबार आएको हावाहुरीका कारण देशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै उनले विपद्का बेला राज्यका सबै संयन्त्र सक्रिय बन्नुपर्ने आवश्यकता औंल्याए। कोइरालाले घाइते नागरिकको निःशुल्क उपचार व्यवस्था तत्काल गर्न सरकारलाई आग्रह गरे।

EPIC EPIC EPIC EPIC EPIC

सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गर्दै कोइरालाले मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले भने, “हिजोको हावाहुरीबाट भएको धनजनको क्षतिप्रति दुःखी छु। मृतकप्रति श्रद्धाञ्जली, परिवारप्रति समवेदना। घाइतेको उपचारको निःशुल्क प्रबन्ध मिलोस्। यो विपद्को बेलामा थप सजगता अपनाउन सबैमा आग्रह गर्दछु।”

वर्षायाम सुरु हुँदै गर्दा पहाडी तथा तराई क्षेत्रमा बाढी, पहिरो र आँधीहुरीको जोखिम उच्च हुने भएकाले राज्यले पूर्वतयारीमा जुट्नुपर्ने कोइरालाको सुझाव छ। उनले भने, “विपद् प्रभावित नागरिकको जीवनरक्षाका लागि राज्यका सबै संरचना सक्रिय बन्नुपर्छ।”

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *