Search
Close this search box.
Search
Close this search box.

प्राकृतिक विपद्‍मा परी मृत्यु हुनेको संख्या ८८ पुग्यो

काठमाडौं । अविरल वर्षाको कारण मृत्यु हुनेको संख्या ८८ पुगेको छ । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधबार दिउँसोसम्म ८८ जनाको मृत्यु भएको हो ।

जसमा सबैभन्दा बढी गण्डकी प्रदेशमा २५ जना, लुम्बिनी प्रदेशमा २३ जना, कोशी प्रदेशमा १९ जना, सुदूरपश्चिम प्रदेशमा ७ जना, बागमती प्रदेशमा ५ जना, कर्णाली र मधेश प्रदेशमा ४–४ जना र काठमाडौं उपत्यकामा १ जना गरेर जम्मा ८३ जनाको मृत्यु भएको हो प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

EPIC

बाढी, पहिरो लगायतका विपद्‍मा परेर देशभरमा १०६ जना घाइते भएका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार कोशी प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा २६ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्‍चिम प्रदेशमा ११, लुम्बिनी प्रदेशमा ९ जना, मधेश प्रदेशमा ७ जना, बागमती प्रदेशमा ४ जना र काठमाडौं उपत्यकामा ३ जना गरेर जम्मा १०६ जना घाइते भएका हुन् । उनका अनुसार घाइतेलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

प्रहरीका अनुसार कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ भने बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना र गण्डकी प्रदेश र सुदूरपश्‍चिम प्रदेशमा १–१ जना गरी ६ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको प्रवक्ता कार्कीले बताए ।

बाढीको कारण जम्मा १७६ घर डुबानमा परेको प्रहरीले जनाएको छ । जसमा १६१ वटा घर, ६८ वटा गोठ, ४१ वटा पुल, २ वटा सरकारी कार्यालय र एउटा विद्यालय क्षति पुगेको छ । साथै ४७९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ३ हजार ९५४ घर परिवार विस्थापित भएका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *