Search
Close this search box.
Search
Close this search box.

प्रिन्सीपल हत्या प्रकरण: प्रहरीको भूमिकाप्रति मृतकको परिवार असन्तुष्ट

बाराको कलैया उपमहानगरपालिका ६ बाल एकता बोर्डिंग स्कुलका प्रिन्सीपल रुपेश स्वर्णकारको हत्या काण्डमा प्रहरीको भूमिकाप्रति परिवारजनले आपत्ति जनाएको छ । प्रहरीले हत्या हुुनुको मुख्य कारण राधा गुप्तासंगको प्रेम सम्बन्ध भनेर सार्वजनिक गरेकोप्रति परिवारजनले आपत्ति जनाएका हुन् । प्रहरीको गतिविधिले पिडामाथि थप पिडा दिईरहेको परिवारजनको आरोप छ ।
मृतक परिवारले कलैया स्थित निवासमा पत्रकारसम्मेलन गर्दै प्रहरीले मृतकको चरित्र हत्या गरिरहेको गुनासो गरेका छन् ।
मृतक रुपेशका दाई भोला सर्राफले प्रहरी अनुसन्धान चित्तबुझ्दो नदेखिएको बताए । ‘ राधासँग जुन सम्बन्ध थियो भनिएको छ, त्यो सरासर गलत हो । ’ उनले भने ‘ प्रहरी अनुसन्धान चित्तबुझ्दो छैन ।’
रुपेशका परिवारले अहिलेसम्म प्रहरीमा किटानी जाहेरी समेत दिएका छैनन् ।

मृतकका अर्का दाई एवं बोर्डिङ स्कुलका व्यवस्थापक सुमोध कुमार सर्राफले प्रहरीले परिवारमाथि थप पिडा दिईरहेको बताए । ‘ राधाको गतिविधि संकास्पद लागेपछि ७ महिना अघि नै बोर्डिङबाट निकालिएको हो । उनीसँग नाम जोडेर रुपेशको बदनाम गर्ने काम भईरहेको छ । यसले परिवारलाई थप पिडा दिएको छ ।’ उनले भने ‘ अरु पनि छोरा भाईजस्ता मानिसहरुलाई पक्राउ गरेर प्रहरीले दोषी देखाईरहेको छ ।’

EPIC

प्रोपोगाण्डा गरेर घटनालाई मोड्ने काम गरेको भन्दै उनले प्रहरी प्रशासन विरुद्ध कडा आन्दोलन गर्न पनि पछि नपर्ने चेतावनी दिए । बाल एकता बोर्डिङ स्कुलमा कार्यरत रियाज र जामिल निर्दोष रहेको सुमोधको भनाई छ ।

उनले साँझ प्रेस विज्ञप्ती निकालेर प्रहरी प्रशासनको गतिविधिले न्याय पाउने आशा मरेको भन्दै न्यायका लागि आवाज उठाईदिन सरोकारवालासँग आग्रह गरेका छन् । विज्ञप्तीमा दोषि नउम्कुन निर्दोष नफसुन भन्दै घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरिएको छ । मृतकका परिवारजनले ८ वटा बुँदा स्पष्ट पारिदिन प्रहरी प्रशासनसँग अनुरोध समेत गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *