प्रेस चौतारीको उपचार कोषमा चौधरीको जन्मदिमा १५ हजार सहयोग

बिर्तामोड । बिर्तामोडका युवा व्यवसायी अजय चौधरीले आफ्नो जन्मदिनको अवसरमा प्रेस चौतारीले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा रकम सहयोग गरेका छन् ।

फजुल खर्च गरेर जन्मदिन मनाउने पछिल्लो चलनलाई चिर्दै पर्पल किचन एण्ड इन्टेरियरका सञ्चालक चौधरीले चौतारीको कार्यालयमा आयोजित एक कार्यक्रमका विच उपचार कोषकी संयोजक भिमा शिवाकोटीलाई १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्नु भएको हो ।

EPIC EPIC EPIC

रकम हस्तान्तरण गर्दै उनले कोषको महत्व बुझेर सहयोग रकम हस्तान्तरण गरेको बताए। उपचार कोषका संयोजक भिमा शिवाकोटीले एउटा माथि अर्को ईटा थपेर मानवीय सेवाका लागि सहयोग गरेकोमा चौधरीलाई धन्यवाद द्रिएकी थिइन् ।

कार्यक्रममा केन्द्रीय सदस्य गोपाल काफ्ले, जिल्ला अध्यक्ष प्रदिप परियार, उपाध्यक्ष सुनिरा मैनाली, पत्रकार महासंघका सहसचिव रमेश तिवारी, सदस्यहरु प्रकाश बाँनिया, अस्मिता साँखी, तीर्थराज तिम्सिना, कबिचन्द्र गुरागाईलगायतको उपस्थिति रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *