फरार अपराधीसँग रकम असुली गर्ने सप्तरीका एसपी खतिवडा हेडक्वाटर तानिए

फरार अपराधीसँग रकम असुली गरेको आरोप लागेपछि सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडा प्रहरी प्रधान कार्यालय तानिएका छन् । उनको स्थानमा एसपी गौतम केसीलाई काजमा पठाइएको छ । फरार अपराधीसँग एसपी खतिवडाले तल्लो दर्जाका प्रहरी प्रयोग गरी लाखौ रुपैयाँ असुली गरिरहेको भिडियो सार्वजनिक भएको थियो ।

मधेश प्रदेश प्रहरी कार्यालयले वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको मधेशका प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीले बताए । भिडियोमा कोशी ब्यारेजका बुधन मण्डलसँग वरिष्ठ सई विश्वनाथ त्रिपाठीले चार लाख रुपैयाँ लिएको दाबी गरिएको छ । 

EPIC EPIC EPIC EPIC EPIC

वरिष्ठ सई त्रिपाठीलाई मधेश प्रदेश प्रहरी कार्यालयमा झिकाई सोधपुछ भइरहेको डीआईजी चतुर्वेदीले बताए । भिडियो मंसिर महिनामा लिएको जस्तो देखिएको उनले बताए । गत भदौदेखि एसपी खतिवडा सप्तरीमा कार्यरत थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *