फलफूल पकाउन कार्वाइडको प्रयोग नगर्न खाद्य प्रविधि विभागको चेतावनी

काठमाडौँ। आँप र केरा लगायतका फलफुल पकाउन कार्वाइड (एसिटिलिन ग्याँस) को प्रयोग निरुत्साहन गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

EPIC

आँपको सिजन आइरहँदा फलफुल छिटो पकाउन कार्वाइडको प्रयोगको जोखिम रहने भएकाले विभागले सचेत बनाएको हो ।

EPIC EPIC EPIC

विभागले सार्वजनिक सूचना जारी गर्दै ‘खाद्य नियमावल २०२७ को नियम १९ (घ) बमोजिम कार्वाइड (एसिटिलिन ग्याँस) को प्रयोग गरी कृतिम रुपमा फलफुल पकाउन तथा बिक्री वितरण गर्द निषेध गरिएको’ जनाएको हो ।

विभागले फुलफुल आयातकर्ता, भण्डारण तथा वितरणमा संलग्न व्यवसायीहरुलाई कार्वाइड प्रयोग नगर्न र उपभोक्तालार्इृ यस्तो देखिएमा फलफुल खरिद नगर्ने आव्हान गरेको छ ।

देशैभर खाद्य अनुगमन जारी रहेकाे विभागले जनाएकाे छ । यद्यपी कार्वाइडकाे प्रयाेग भएकाे फलफुल भने आजसम्म फेला नपरेकाे जनाइएकाे छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *