फागुन १३ गतेदेखि दादुरा–रुबेलाविरुद्ध खोप अभियान सुरु हुने

काठमाडौँ । दादुरा–रुबेला खोप अभियान यही फागुन १३ गतेदेखि सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फाल्गुन १३ देखि चैत्र ७ गतेसम्म सो खोप अभियान सञ्चालन गर्ने भएको हो । 

आफ्नो पायक पर्ने खोप केन्द्रको नाम र सञ्चालन हुने मिति र उमेर समूहबारे थाहा पाउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ । यस्तै ५ वर्ष मुनिका बालबालिकालाई छुट नियमित खोप पनि दिइने जनाएको छ । त्यसैले नियमित खोप छुटेको भए खोप केन्द्रमा जाँदा नियमित खोप कार्ड पनि लिएर जानसमेत मन्त्रालयको आग्रह छ । 

EPIC EPIC EPIC

दादुरा, रुबेला संक्रामक र प्राणघातक रोगहरु भएकाले बालबालिकाको अनिवार्य खोप लगाउन समेत मन्त्रालयले आग्रह गरेको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *